अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त

एमाले अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ।

कालजयी गायक तथा संगीतकार आचार्यको निधनले आफू अत्यन्त दुःखी भएकाे अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे हो।

कालजयी भजन र गीतमार्फत उहाँ हाम्रो सम्झनामा रहिरहनुहुने उहाँले उल्लेख गर्नुभएको छ। ‘जहाँ छन् बुद्धका आँखा…
अब यो जादुमय स्वर इतिहास भएको छ। हार्दिक श्रद्धा सुमन भजन शिरोमणि भक्तराज आचार्य !! कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ !! तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु।’

सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको हो।

आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उहाँ १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

नेपाली सुगम संगीतमा उहाँको विशिष्ट स्थान छ। आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्। 

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो।