अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संगठन बिस्तारका लागि चितवनमा जनतासँग एमाले अभियान सुरु

संगठन बिस्तारका लागि चितवनमा जनतासँग एमाले अभियान सुरु


चितवन -नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी संगठनलाई मजबुत बनाउन भन्दै आजदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ ।
एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरूलाई डेढ महिने कार्य योजनासहित माइन्यूट हस्तान्तरण गर्नुभयो । पालिका अध्यक्षहरूले हरेक वडा वडामा योजनाबद्ध कार्यक्रमहरू सहितका माइन्यूट लैजानेछन् ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्पूर्ण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताउनुभयो ।

जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरूको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजवादी प्लानर डा.आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूका बारेमा प्रष्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।

एमाले सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गरेको कार्यक्रममा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो ।