अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चकको अध्यक्षमा दिपक दाहाल

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चकको अध्यक्षमा दिपक दाहाल


काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको १४औं सम्मेलनबाट दिपक दाहालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।

२०८० फागुन १२ र १३ गते काठमाडौंको मध्य बानेश्वरस्थित कृष्णभोग पार्टीप्यालेसमा सम्पर्क मञ्चको १४औं सम्मेलनको संयोजक एवं निवर्तमान अध्यक्ष नवराज रोकाको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलन सोमबार सम्पन्न गरेको हो ।

यसैगरी मञ्चको उपाध्यक्षमा राजकुमार राई र प्रशंशा अधिकारी चयन हुनुभएको छ। त्यस्तै सचिवमा पदम सुन्दर राई, सहसचिवमा भवानी शकर लुइँटेल, उमा आचार्य र कोषध्यक्ष शन्तोष राई चयन गरेको छ।

यसैगरी सदस्यहरुमा राजकुमार कार्की, एल्बी बि आले, भुवन राई, राम्जी कटुवाल ,प्रेम बस्नेत, हेमकुमार थापा, कर्ण प्रधान, तारानाथ श्रेष्ठ, पुस्पा मगर, सुमन फयाल, सुमन खतिवडा, अनुशा राई, अनुस्का राई, राजु राई, उषा गुरुङ, सिर्जना खडका, धिरोज राई,यम ब मगर, बृष तामाङ, जानुका घिमिरे, दिलिप राई ,सुख राई चयन गरेको छ।

सम्मेलनमा नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य उषाकला राई, केन्द्रिय सदस्य रमेश पौडेल, खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोग सचिवालय सदस्य कर्ण घले, कोशी प्रदेश सहसचिव देवान राई, जिल्ला कमिटी अध्यक्ष राम प्रसाद दंगाल, उपाध्यक्ष देवबिक्रम राई, सचिव कुमार प्रसाद आचार्य, अनेमसंघकी केन्द्रीय सचिव विणादेबी राई लगायतको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिलाई नेकपा (एमाले) कोशी प्रदेशका उपसचिव एवं निर्वाचन मण्डलका अध्यक्ष देवान राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको जानकारी दिनुभयो।

पद तथा गोपनियताको सपथ ग्रहण सँगै प्रतिबद्धता जनाउने क्रममा विज्ञान र प्रविधिको उपयोगसँगै पारदर्शिता, जवाफदेहिता, विश्वसनियता पार्टी नेता तथा कार्यकर्तालाई सम्पर्क मञ्चमा जाँउ जाँउको वातावरण सिर्जना गरी हालका प्रतिस्पर्धीलाई समेत सम्मानका साथ पार्टीलाई एक ढिक्का र एकताको पक्षमा निरन्तर काम गर्ने नवनिर्वाचित अध्यक्ष दिपक दाहालले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

मञ्चको पूर्व पदाधिकारीहरु नेकपा एसमा लागेपछि अलपत्र जस्तो बनेको मञ्चको २०७७ साल फाल्गुण २९ गते नवराज रोकाको संयोजकत्वमा बनेको संक्रमणकालिन कमिटीले १३ औं सम्मेलन २०७८ फाल्गुण २१ गते सम्पन्न गरी सर्वसम्मत रुपमा पुनः रोकाकै अध्यक्षतामा पूर्णकालिन कमिटी निर्माण भएको थियो।

रोका नेतृत्वको कमिमटीले मञ्चलाई पहिलाको भन्दा दोब्बर राम्रो हिसाबले परिचालनका गतिविधीहरु सञ्चालन गरी अतुलनिय योगदान पुर्याएको नेता तथा कार्यकर्ताहरुको भनाई रहेको थियो।