अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राधिकरणले धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि मेयर साम्पाङ आक्रोशित

प्राधिकरणले धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि मेयर साम्पाङ आक्रोशित


नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उपयुक्त निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोशित हुनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा नियम संशोधन गरेर भए पनि विमानस्थल बनाइछाड्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको हो।

उहाँले संविधान समेत परिवर्तन हुने बताउँदै नियमावली संशोधन हुने बताउनु भएको छ ।

प्राधिकरणले साम्पाङको मागपछि विमानस्थल निर्माणबारे अध्ययन समिति बनाएको थियो। तर विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाइ नीति २०६३ विपरीत हुने देखिएपछि असम्भव रहेको निष्कर्ष निकालेको छ। 

आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्रै सम्भव हुँदा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको देखिएको छ।