अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहित एमालेमा प्रवेश

एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहित एमालेमा प्रवेश


नवलपुर-माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर देशैभर चलेको छ। यही क्रममा नवलपुरका जिल्ला कमिटीका अध्यक्षसहित सवै नेता-कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल राना, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका प्रभावशाली नेताहरु प्रवेश गर्नुभएको हो। यसैगरी जिल्ला कमिटी सदस्यहरु, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाँउ कमिटि अध्यक्षसहित सम्पुर्ण कमिटी नै एमालेमा प्रवेश गर्नुभएको छ।

त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङल पार्टीमा स्वागत गर्नुभयो।

गत हप्ता मात्रै नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्यद्वय शालिकराम भट्टराई र डा. गोपाल खनाललाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नुभएको थियो।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ। केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो।

कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले विगतमा बाटो बिराएकाहरू अहिले आफ्नै घर आएकोमा धन्यवाद दिनुभयो। उहाँले घर फर्किएकालाई पार्टीले उचित जिम्मेवारी दिने पनि बताउनुभयो ।

कार्यक्रममा एमाले पालिटव्युरो सदस्य मना केसी, केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र तिलक महतसहित प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो।