अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक


काठमाडौँ– उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक हुनेभएको छ । आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिएको छ । 

जसअनुसार दल दर्ताका लागि फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

यस्तै चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।