अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकार फेर्ने खेलमा छैन: अध्यक्ष ओली

एमाले सरकार फेर्ने खेलमा छैन: अध्यक्ष ओली


विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बदल्ने गठबन्धनको खेलमा नलागेको बताउनु भएको छ ।

इटहरी उपमहानगरपालिका वड-४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नका निम्ति विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

एमाले अहिले मिसन २०८४ मा लागेको उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले  राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको पनि बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रियता कमजोर भयो। सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो। काम राम्रो गरेर निराशालाई आशामा बद्लनका लागि पनि हामीले मिसन २०८४ भनेका हौं ।’ प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडी बढाउनुपर्नेमा  गठबन्धनको दम्भले अहिलेको सरकारले नसुने उहाँले आरोप लगाउनु भयो ।  

कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘तपाईंहरूले खोजे जस्तो छैन। पहिलाको जस्तो काँग्रेस तपाईहरूले खोजेर भेटिँदैन । कांग्रेसमा त्यो प्रकारको सोच विकास भएको पनि छैन।’

प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने उहाँको भनाइ रहेको छ।  कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उहाँको आरोप रहेको छ। 

भ्रष्टाचार र विभिन्न मुद्दामा जोडिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । अदालतमा झन्डा हल्लाएर मन्त्रीहरू बयान दिन जाने अनि आएर धाक लगाउने गरेको अध्यक्ष अध्यक्ष ओलीले बतार्नुभयो । शेरबहादुर तामाङ, गोकुल बास्कोटा, हरि पराजुली सामान्य मुद्दामा कुरा उठेपछि राजीनामा दिएको भन्दै उहाँले अहिलेका मन्त्रीहरूले पनि राजीनामा दिनु पर्ने बताउनुभयो ।