अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय


काठमाडौं-नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो।

त्यस्तै, कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय एक नेताले जानकारी गराउनु भयो ।  

बैठकले चैत्र १ गते गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ।