अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा ल्याउने एमालेको संकल्प प्रस्ताव

सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा ल्याउने एमालेको संकल्प प्रस्ताव


पोखरा-नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ।

गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो।

संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो । सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले बुधबार संकल्प प्रस्ताव दर्ता गरेको हो।