अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ: अध्यक्ष ओली

सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ: अध्यक्ष ओली


 सुनसरी-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताउनुभएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा-४ स्थित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले आफनो रुचि उदघाटनमा नभएर शिक्षा क्षेत्रमा बजेट छुटयाउनमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘उद्घाटन वडाध्यक्षले गरे पनि हुन्छ बजेटका लागि सम्झनुहोस्, बरु मेरो शिल्यान्यासमा रुचि छ।’

उहाँले आफू प्रधानमन्त्री हुदाँ छुटयाएको बजेटबाट धेरै ठाउँमा विद्यालय बनेको बताउनुभयो । यो विद्यालयका लागि बजेट थोरै बजेट माग भएको थियो। मैले एकिकृत योजना ल्याउनुहोस् भने योजना आयोगलाई भनेर छुटयाएको बजेटबाट भवन बन्यो अब नैतिकवान, कर्मठ, चरित्रवान नागरिक उत्पादन गर्नुहोस् उहाँले सुझाव दिनुभयो ।

विश्वप्रतिष्पर्धामा उत्रन शक्ने जनशक्ति निर्माणमा गर्न उहाँले जोड छ। सबैका लागि गुणस्तरीय शिक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको पूर्व प्रधानमन्त्री ओलीले बताउनुभयो ।

२०३९ सालमा स्थापना भएको सो विद्यालयमा रु.९ करोड ८६ लाख ८ हजार ९ सय २८ नेपाल सरकारको विशेष अनुदानमा नयाँ विद्यालय भवन निर्माण भएको हो।