अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल सरकार चाहिन्छ: अध्यक्ष ओली

देशलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल सरकार चाहिन्छ: अध्यक्ष ओली


इनरुवा-नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताउनुभएको छ।

आज आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताउनुभयो । उहाँले पार्टी कार्यकर्तालाई सङ्गठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताउनुभयो।

पूर्वप्रधानमन्त्री ओलीले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत आधारभूत विकासका संरचना र तिनमा विपन्न वर्गको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै देशको समृद्धिका लागि इमान्दारीका साथ काम गर्न सरकारलाई सुझाव दिनुभयो । लोकतन्त्रको अनुभूति हुने गरी काम गर्न उहाँले वर्तमान सरकारलाई आह्वान गर्नुभयो।

त्यस अवसरमा जनता समाजवादी पार्टी ९जसपा०, नेपाल केन्द्रीय सदस्य तथा तत्कालीन भोक्रहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रवेश गरेका थिए।