अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारकै कारण देश असफलतातर्फ धकेलियो: अध्यक्ष ओली

गठबन्धन सरकारकै कारण देश असफलतातर्फ धकेलियो: अध्यक्ष ओली


सुनसरी-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको असफलताका कारण देश असफलतातर्फ धकेलिएको बताउनुभएको छ। 
सुनसरीको सदरमुकाम इनरुवामा पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको असफलताले राजनीति मात्र नभई समाज अराजकता उन्मुख बन्दै गएको जनाउनुभयो । 
यस्तो अबस्थामा जनता कतै मन अड्याउने ठाउँ नपाएर, उत्साहित हुन नपाएर निराशामा रहेको उहाँको भनाइ छ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘विषम परिस्थितिको फाइदा लिएर विभिन्न प्रतिगामी शक्ति मौका आउँछ कि भनेर केही सडकमै उपद्रो मच्चाउन निस्किएका छन्, एकखालको परीक्षण गरिरहेका छन्।’


अध्यक्ष ओलीले वर्तमान असहज परस्थितिमा केही तत्व खेल्न लागेको भन्दै देशको भविष्य अन्धकार हुनबाट बचाउन एमाले एक्लै उभिएको बताउनुभयो। एमाले भएका कारण देशको भबिष्यलाई कसैले अन्धकार बनाउन नसक्ने उहाँको भनाइ छ। 
अध्यक्ष ओलीले २०८४ मा देशमा एमालेले एकल बहुमत ल्याएर बहुमतको सरकार बनाउने बताउनुभयो। 

पुर्खाले लडेर बचाएको देश बचाउने अभिभारा अहिले एमालेको काँधमा रहेको अध्यक्ष ओलीले बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भीम आचार्य र स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले पनि सम्बोधन गर्नुभएको थियो। 
कार्यक्रममा  विभिन्न पार्टी परित्याग गरी ५७ जना राजनीतिक कार्यकर्ता तथा समर्थक एमालेमा प्रबेश गरेका छन्।