अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोककुमार मेहताको लेखप्रति आपत्ति जनाउँदै उपमहासचिव रिमालको प्रश्न– सरकार ! केही पनि बोल्न नपर्ने नै हो ?

अशोककुमार मेहताको लेखप्रति आपत्ति जनाउँदै उपमहासचिव रिमालको प्रश्न– सरकार ! केही पनि बोल्न नपर्ने नै हो ?


काठमाडौँ– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भारतीय सेनाका रिटायर्ड मेजर जनरल अशोककुमार मेहताको लेखप्रति आपत्ति जनाउनु भएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले मेहताको लेखप्रति आपत्ति जनाउनु भएको हो । 

मेहताले आफ्नो लेखमा कांग्रेस सभापति शेरबहादुर देउवालाई तबेलामै राखेर, दिल्लीको लागि अझै पनि प्रचण्ड ठिक घोडा हुन् भनेका छन् । यसबारेमा सरकार केहीनबोलेको भन्दै उपमहासचिव रिमालले सरकार ! केही पनि बोल्न नपर्ने नै हो भन्दै प्रश्न गर्नुभएको छ । 

‘भारतीय सेनाका रिटायर्ड मेजर जनरल अशोककुमार मेहताले आफ्नो लेख– ‘इण्डिया इज अन द राइट ट्रयाक इन नेपाल’को निष्कर्षमा लेखेका छन् : Still, for Delhi, Prachanda is the right horse to back while keeping Deuba in the stable. अर्थात्, देउवालाई तबेलामै राखेर, दिल्लीको लागि अझै पनि प्रचण्ड ठिक घोडा हुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ,’छिमेकका एकजना रिटायर्ड जनरलबाट आफ्नो देशका वर्तमान र निवर्तमान प्रधानमन्त्री लक्षित यस्तो आपत्तिजनक टिप्पणी आउँदा कोही पनि सच्चा नेपालीको मन दुख्छ । हप्ता दिन बित्यो तर ‘गठबन्धन’ शान्त छ । ‘बन्धन’मा बाँधिएका दलहरु र यसका नेताहरुले “सन्चो” मानिरहेको देख्दा उदेक लागेको छ ।’