अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय अनुगमन प्रभावकारी बनाउन स्पष्ट मापदण्ड चाहिन्छ: दिलकुमारी रावल

संसदीय अनुगमन प्रभावकारी बनाउन स्पष्ट मापदण्ड चाहिन्छ: दिलकुमारी रावल


काठमाडाैं-राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल (थापा पार्वती)ले आफ्नाे संसदीय अनुभव निक्कै स्मरणयाेग्य रहेकाे बताउनुभएकाे छ।

बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आफ्नो कार्यकालको अनुभव सुनाउँदै सांसद् थापाले ६ वर्ष राष्ट्रिय सभा सदस्य र साढे ५ वर्षे संसदीय समितिकाे सभापतिकाे रुपमा काम गर्दा धेरै महत्वपूर्ण अनुभव, अनुभूति र सिकाइ प्राप्त भएकाे बताउनुभयाे ।

समयमै सभा सञ्चालन गर्ने, सभामा पेस भएका सबै विधेयक सर्वसम्मतिले पारित भएकाे, सभामा सांसद्हरुकाे उल्लेख्य उपस्थिति, काेरम नपुग्ने समस्यामुक्त जस्ता विषयमा राष्ट्रिय सभाले नयाँ मानक स्थापना गरेकाे र यसलाई निरन्तरता दिनुपर्ने सांसद् थापाले बताउनुभयाे । सरकार र संसद् बसेर संसदीय क्यालेण्डरलाई अझ व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयाे ।

राष्ट्रिय सभा नियमावली पारित हुने क्रममा रहेकाे भन्दै सांसद् थापाले याे सबैका लागि गाैरवकाे कुरा भएकाे बताउनुभयाे।

राष्ट्रिय सराेकार तथा समन्वय समितिकाे सभापतिकाे रुपमा काम गर्दा कहिल्यै पनि काेरमकाे अभाव भाेग्न नपरेकाे उहाँले बताउनुभयाे । संसदीय समितिकाे अनुगमन प्रभावकारी र व्यवस्थित हुन नसकेकाे सांसद् थापाले बताउनुभयाे । अहिले अवलाेकन हाे कि अनुगमन हाे भन्ने द्विविधा रहेकाे भन्दै उहाँले सांसद् थापाले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताउनुभयाे ।

समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास थालिएकाे भन्दै सांसद् थापाले संयुक्त बैठक, संयुक्त निर्देशन र संयुक्त स्थलगत जाने कुरालाई अघि बढाउनुपर्ने बताउनुभयाे । संसद्भित्र विज्ञ समूहरूको रोष्टर व्यवस्था हुनुपर्ने बताउनुभयाे।

६ वर्षे कार्यकालमा साढे ५ वर्ष संसदीय समितिकाे सभापतिकाे जिम्मेवारी, सभा सञ्चालन गर्ने अध्यक्षता गर्ने अनुभूति, राष्ट्रिय सभा नियमावली निर्माण गर्नका लागि समितिमा रहेर काम गर्न पाएकाे उहाँले बताउनुभयाे ।

यही बीचमा आफू क्यान्सर प्रभावित भएकाे र अहिले निकाे भइसकेकाे सांसद् थापाले बताउनुभयाे । यही बीचमा एमालेलाई चाैतर्फी घेराबन्दी र पार्टी विभाजन जस्ताे दुखद संयाेग भाेग्नुपरेकाे भन्दै उहाँले पार्टी जाेगाउने अभियानमा नेतृत्वलाई सहयाेग गरेकाे बताउनुभयाे । शून्य र विशेष समयमा राष्ट्रिय र जनसराेकारका विषय उठाएकाे सांसद् थापाले बताउनुभयाे । राष्ट्रिय सभामा पहिलाेपटक भुटानी शरणार्थी काण्डकाे विषय आफूले उठाएकाे बताउनुभयाे ।

सडक सुरक्षा सम्बन्धी संकल्प प्रस्तावमा छलफल गर्न नसकिएकाे भन्दै उहाँले अन्य सांसद्लाई याे प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभयाे।