अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले नागरिकलाई भ्रम छर्ने कुरा गर्नुहुँदैन: भैरवसुन्दर श्रेष्ठ

सरकारले नागरिकलाई भ्रम छर्ने कुरा गर्नुहुँदैन: भैरवसुन्दर श्रेष्ठ


काठमाडौं-राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको प्रष्ट गन्तव्य नभएको बताउनुभएको छ। 

बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विषयको छलफल छलफलमा भाग लिँदै उहाँले सरकारले नागरिकलाई भ्रम छर्ने कुरा गर्नु नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘गन्तव्य कता कता अलमलिएको जस्तो, जनतालाई फेरी पनि झुक्याउने गरी २९ बुँदामा समेटिएको सिद्धान्त र प्राथमिकता हेर्दा निकै अलमलिएका कुरा छन्, जनतालाई भ्रम पर्ने खालका कुरा यसमा उल्लेख छन्।’ 

सरकारले पूरा गर्नै नसक्ने कुरा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । जुन कुरा गर्न सकिने हो त्यही कुरा मात्र सिद्धान्त र प्राथमिकतामा राख्नु पर्ने उहाँले सुझाव दिनुभयो। 

देशको व्यापार घाटा कृषि बाहेक अरू कुराबाट गर्न नसकिने बताउँदै श्रेष्ठले कृषिलाई प्राथमिकताको एक नम्बरमा राख्नु पर्ने सुझाव दिनुभयो। विद्युत् व्यापारलाई एक नम्बरमा राखेर अहिलेको अवस्थामा देशको व्यापार घाटा पूरा गर्न नसक्न उहाँले स्पष्ट पार्नुभयो।