अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल

अर्थमन्त्री नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ?


काठमाडौं-राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताउनुभएको छ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेपनि कर्मचारीसमेत उपस्थिति नभएको बताउनुभयो ।

उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओझ घटेको बताउनुभयो।

‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ। कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ। आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न’, उहाँले भन्नुभयो, ‘उहाँसगै विशिष्ट कर्मचारीहरु पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महसुस भयो । मेरो नियमापत्ति, बिरोध नै हो । सरकारले चेतोस् ।’