अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं-भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। 

हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार डिजेलमा २१ र पेट्रोलमा ८५ पैसा बढेको छ भने एलपी ग्यासमा २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ।

भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।