अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं-सभामुख देवराज घिमिरले प्रतिपक्षी दलहरुले उठाएका विषयमा फागुन २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिनुभएकाे छ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाले विराेध जनाएपछि सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्नुभएकाे हाे।

आजकाे बैठक सुरु हुनासाथ एमालेले सरकारको खोजी गर्न समिति नै बनाउनुपर्ने हाे भन्दै प्रश्न गरेकाे थियाे । एमाले सांसद् सूर्य थापाले दाेषी मन्त्रीलाई कारबाही गर्न के ले राेक्याे भन्ने प्रश्न गर्दै दुग्ध किसानको विषय, मिटरब्याजपीडित तथा बैंक तथा वित्तीय संस्थाको ऋणीको समस्यामा सरकारको जवाफ माग्नुभएकाे थियाे ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रुसी सेनामा गएका नेपाली फर्काउन पहल नगरेकाे र सदनमा उठाइएका प्रश्नकाे जपाफ नदिएकाे भन्दै आपत्ति जनाउनुभयाे। उहाँले यही ढंगले सदन अगाडि बढाउन नकसिने बताउनुभयाे।

उहाँले भन्नुभयो, हामी संसद्‍मा आवाज उठाएरमात्रै बस्नुको अर्थ के हुन्छ ? जनता आफैं सडकमा आउनुपर्ने ? अनि सरकारको काम के हो ? दलको काम के हो ?’

याेसँगै सभामुखले चालु अधिवेशन सुरु भएपछि चाैथाे पटक रुलिङ गरिसक्नुभएकाे छ । तर सरकारले जवाफ भने दिएकाे छैन।