अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन: राजेन्द्र लिङ्देन

कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन: राजेन्द्र लिङ्देन

संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ छैन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको औचित्य नभएको बताउनु भएकाे छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले जनताका समस्याको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको हो।

उहाँले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो।

व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठे पनि सरकारले नसुनेको बताउनुभयो। उहाँले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले सरकार र राजनीतिक दलको काम के हो ? भनी प्रश्न गर्नुभयो। सरकारले समसामयिक विषयहरुको सबैको जवाफ दिनुपर्ने बताउनुभयो।