अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका मेयर बालेन शाहको दम्भ बढ्यो: अमरेश सिंह

काठमाडौंका मेयर बालेन शाहको दम्भ बढ्यो: अमरेश सिंह


काठमाडौं-स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहमा दम्भ बढ्दै गएको बताउनु भएको छ।

शुक्रबार बसेको प्रतिनिधसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उहाँले महानगरका मेयर साहमा दम्भ बढ्दै गएको बताउनु भएको हो।

‘श्रमजीवीहरूले यो देशमा बस्न नपाउने, काठमाडौंमा बस्न नपाउने?’, उहाँले भन्नुभयो, ‘कहिले फुटपाथका व्यवसायीको टाउको फुटाउने, कहिले कवाडी हटाउने, काठमाडौंका मेयरमा घमण्ड बढ्न थाले छ, दम्भ देखिन थाल्यो।’

सांसद सिंहले तराई-मधेसका मान्छेका कारण राजधानीबासीले तरकारी र फलफूल खान पाइरहेको बताउनुभयो। 

उहाँले काठमाडौंमा गरिब, चेपाङ र मुसहर पनि बस्न पाउने बताउँदै मेयर सचेत नभए संघर्ष थाल्ने उल्लेख गर्नुभयो।