अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदीप ज्ञवाली र मेरोबिचमा कुनै अन्तर्विरोध छैन : गोकर्ण विष्ट

प्रदीप ज्ञवाली र मेरोबिचमा कुनै अन्तर्विरोध छैन : गोकर्ण विष्ट


काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले प्रदीप ज्ञवाली र आफ्नोबिचमा कुनै अन्तर्विरोध नरहेको बताउनुभएको छ ।  

शनिबार गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको १२ औँ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा विष्टले सो कुरा बताउनुभएको हो ।  

उहाँले व्यक्तिगत कार्यशैली, सोचाई , विशेषता र मान्यतामा व्यक्तिगत भिन्नता हुन सक्छन् तर राजनीतिक सिद्धान्त र विचारमा मतभिन्नता नरहेको स्पष्ट पार्नुभएको हो । 

यस्तै एमाले गुल्मी अध्यक्ष बालसिंह काउछाले सम्मेलनबाट नेतृत्व चयन गर्दा नेताहरूको धुरी राखेर भन्दा पनि गुल्मीको समग्र राजनीतिक, आर्थिक विकास र सम्बृद्धिलाई समेत टेवा पुर्‍याउन सक्ने नेतृत्व छनौट हुनुपर्ने कुरा उठाएपछि सचिव विष्टले सो कुरा बताउनुभएको हो ।

फरक प्रंसङ्गमा उहाँले सरकारको कुरा गर्दै उत्साहितरूपमा गत शुक्रबार संसदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं गुल्मी इनचार्ज सूर्य थापाले उठाएका कुराको मुक्त कण्ठले प्रशंसा समेत गर्नुभयो ।

चालु आर्थिक बर्षको  झण्डै १० महिनाको अबधिमा २१ प्रतिशत मात्र विकास खर्च हुनु भनेको सरकारको असफलता भएको पनि उहाँले बताउनुभयो ।

 गत वर्ष मात्रै ९ लाख ७५ हजार नेपाली श्रम स्वीकृति लिएर विदेश गएको १ लाख १० हजारले एनओसी लिएर पढ्नको लागि बाहिरिएको भन्दै  सरकारको खरो आलोचनामा उत्रेका विष्टले यही परिस्थिति रहिरहे अबको ४र ५ वर्षपछि नेपालका कलेजहरू खाली हुनसक्ने बताउनुभयो ।

अहिलेको अर्थतन्त्रको बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीका विवादित भनाई आएको भन्दै अर्थतन्त्र चलायमान बनाउन वैदेशिक मुद्रा सञ्चिति भन्दा विकास खर्चमा जोड दिनुपर्ने विष्टको भनाई छ ।