अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा अध्यक्ष तिमल्सिनासहित राष्ट्रियसभा सदस्यहरुको बिदाइ

एमालेद्वारा अध्यक्ष तिमल्सिनासहित राष्ट्रियसभा सदस्यहरुको बिदाइ


काठमाडौँ– आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लाग्नुभएका राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमालेले बिदाइ गरेको छ । 

शनिबार काठमाडौँस्थित कालुपाण्डे समाधीस्थल, दहचोकमा आयोजित कार्यक्रममा अध्यक्ष  तिम्सिना, राष्ट्रपतिबाट मनोनीत सदस्य डा. विमला राई पौडेलसहित एमालेका तर्फबाट निर्वाचित सदस्यहरुको बिदाइ गरिएको हो । यस्तै सोही कार्यक्रममा राष्ट्रियसभाको गत निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित रुक्मिणी कोइरालालाई स्वागत समेत गरिएको एमालेले जनाएको छ । 

कार्यक्रममा अध्यक्ष तिम्सिना, मनोनीत सदस्य राईसहित एमालेका तर्फबाट निर्वाचित भएका राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, सदस्यहरु कुमार दशौंदी, रामचन्द्र राई, नरपति लुहार, ईन्दू कडरीया, दिपा गुरुङ्, दिलकुमारी रावल थापा पार्वती सहित निवर्तमान दलका नेता खिमलाल भट्टराईलाई मायाँको चिनोसहित बिदा गरिएको एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिनुभयो ।  

कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले कार्यकालभरि स्वतन्त्र र सन्तुलित रुपमा कार्यसम्पादन गरेको भन्दै सदस्यहरुले प्रशंसा गर्नुभयो । यस्तै अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाले कानुन निर्माण, राष्ट्रिय सरोकार विषय लगायत क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।