अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा मौसम र राजनीतिको अनुमान मिल्दैन : नेता बास्कोटा 

नेपालमा मौसम र राजनीतिको अनुमान मिल्दैन : नेता बास्कोटा 


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा मौसम र राजनीतिको अनुमान नमिल्ने गरेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्दै मौसम र राजनीतिको नेपालमा चक्रीय प्रणाली नेपालमा निर्माण नहुने भएकाले अनुमान नमिल्ने गरेको उहाँले उल्लेख गर्नुभएको हो । 

नेता बास्कोटाले मान्छेले चर्चा र अनुमान गर्ने गरेपनि तर अनुमान चाही गर्नै नसकिने दाबी समेत गर्नुभएको छ । ‘नेपालमा अनुमान गर्नै नसकिने तर मान्छेले अनुमान र चर्चा गरिरहने विषय मौसम र राजनीति हुन् । तर ती अनुमान प्रायः जसो मिल्दैनन् । किनभने ती दुवैको चक्रीय प्रणाली नेपालमा निर्माण नहुने भएर रहेछ’, उहाँले लेख्नुभएको छ,’हिजो थोपो पानी परेन, व्यर्थै छाता बोके । मान्छे टेलर्स जाऊ न ! भन्छन् । तर गठें ढोक्सामा पर्ने देखेन ।’