अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिकाले महिला सम्मेलन गर्ने, पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने

वीरेन्द्रनगर नगरपालिकाले महिला सम्मेलन गर्ने, पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने


काठमाडौँ– वीरेन्द्रनगर नगरपालिकाले महिला सम्मेलन गर्ने भएको छ । नगरपालिकाले यही फागुन २१ गते वीरेन्द्रनगरको सिटी हलमा महिला सम्मेलन गर्न लागेको हो । 

अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । 

सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने छ ।  

प्रमुख ढकालका अनुसार सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनुहुनेछ । ११४ औँ श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णाली प्रदेशमा महिला सम्मेलनको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।  

सम्मेलनमा उपप्रमुख/उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उहाँहरूको अनुभव आदानप्रदान गरिनेछ ।