धनकुटा-धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट अमिताब ठाकुरले जानकारी दिनुभयो ।
अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दिउँसो करिब ३ बजे दुर्घटनामा परेको थियो । गाडीमा १७ जना सबार रहेको थिए।
अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेका छन्। मृतक बालिकाकाे नाम खुलेको छैन । घाइते हुनेमा नेत्र कार्की, इन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, देवी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए।






प्रतिक्रिया