काठमाडौँ– नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरु भएको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
एमालेले आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरेको हो । यस्तै बैठकमा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबिच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिइने सचिव अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया