काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ ।
बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा नयाँ सत्ता गठबन्धनका विषयमा छलफल भइरहेको एक नेताले बताउनुभयो । नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन गर्न लागेको छ ।
बैठकमा नयाँ सत्ता गठबन्धनमा कसरी जाने, राष्ट्रियसभा अध्यक्ष, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको बालकोट स्रोतले बताएको छ ।
एमाले र माओवादीबिच राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाउने समझदारी भएको छ ।
प्रतिक्रिया