काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको छ ।






प्रतिक्रिया