अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आज कारोबार ? 

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आज कारोबार ? 


काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।