काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया