काठमाडौँ– सिन्धुलीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२–०३–००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्ले घाइते भएकोमा काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया