अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्यमा नयाँ रेकर्ड : कतिमा हुँदैछ  कारोबार ?

आज सुनको मूल्यमा नयाँ रेकर्ड : कतिमा हुँदैछ  कारोबार ?


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सयले बढेको छ ।    

हिजो तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आज थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुन  तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।