अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ: महेश बर्ताैला

सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ: महेश बर्ताैला


काठमाडाैं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएकाे छ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रमुख सचेतक बर्ताैालले विकास, समृद्धि सुशासन र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्ने बताउनुभयाे।

याे सरकारलाई असफल हुने छुट नभएकाे उहाँले बताउनुभयाे । प्रमुख सचेतक बर्ताैलाले भन्नुभयाे, ‘याे सरकारलाई लुलाे हुने छुट छैन, कमजाेर हुने छुट छैन, असफल हुने छुट छैन, याे सरकारले समग्र देशकाे हितकाे पक्षमा काम गर्ने सामार्थ्य राख्नुपर्छ, हिँड्दाहिँड्दै काँध गल्याे भनेपनि काँध फेर्ने छुट याे सरकारलाई छैन।’

संसद्‍मा एमालेकाे भूमिका फेरिएपनि देश र जनताप्रतिकाे कर्तव्य नफेरिएकेाे उहाँले बताउनुभयाे ।