अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारबाट बाहिरिनुपर्दा कांग्रेसमा छटपटी छ: विष्णु पौडेल

सरकारबाट बाहिरिनुपर्दा कांग्रेसमा छटपटी छ: विष्णु पौडेल


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठूलो पीडा र छटपटी देखिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘यतिबेला नेपाली कांग्रेसमा ठूलो पीडा, छटपटी र बेचैनी देखिएको छ। उहाँहरूमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रूपमा हट्नु परेपछि त्यो देखिन्छ। कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन।’

दलहरुका बीचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्‍यो नि संविधानमा।’