अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन


काठमाडौँ-काठमाडौँको कीर्तिपुर नगरपालिका वडा-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिनुभयो।

महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका श्रीमति र दुई छोरा छन्।

वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गर्नुभएको छ।

उहाँको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता थियो।