अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको प्लाई उद्योगमा लागालागी, आगो निभाउने सकिएन   

झापाको प्लाई उद्योगमा लागालागी, आगो निभाउने सकिएन   


काठमाडौँ– झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै एक प्लाई उद्योगमा लागालागी भएको छ ।  

झापाको भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको हो । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने अहिले यकिन नभएको प्रहरीले बताएको छ । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।