अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई प्रतिपक्षमा अनुकरणीय भूमिका खेल्न एमाले नेता दाहालको आग्रह

कांग्रेसलाई प्रतिपक्षमा अनुकरणीय भूमिका खेल्न एमाले नेता दाहालको आग्रह


काठमाडौ-नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली कांग्रेसलाई प्रतिपक्षमा रहेर अनुकरणीय भुमिका खेल्न आग्रह गर्नु भएको छ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षका लागि सत्तागठवन्धनका उम्मेद्वार नारायण दाहाललाई समर्थन संवोधन गर्ने क्रममा एमालेका नेता दाहालले नेपाली कांग्रेस लामो समय सत्तामा बसि सकेकाले प्रतिपक्षमा रहेर पनि प्रभावकारी भूमिका खेल्न सक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘प्रतिपक्षमा जाँदैमा धेरै आतिदैनौ र बेहोसी कुरा पनि गर्दैनौं ।’

कांग्रेसकै नेताले कांग्रेस होसमा आउनु पर्छ भनेको प्रसङ्ग निकाल्दै उहाँले कांग्रेसले प्रतिपक्षमा असाध्यै राम्रो भुमिका खेल्ने आशा व्यक्त गर्दै ‘भोलि हामीले पनि उहाँहरुबाट सिक्न सकौं’ भन्नु भयो।

एमाले समेतको समर्थनमा राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनु भएको छ।