काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) भिड्ने भएका छन् ।
हङकङमा जारी शृङ्खलामा नेपाल र पीएनजीबिचको फाइनल खेल आज बिहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
हिजो खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो ।
त्यसअघि हिजो नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो ।
प्रतिक्रिया