अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रधानमन्त्रीले विश्वासको मत लिने,१५८ साँसदले मत दिंदै

आज प्रधानमन्त्रीले विश्वासको मत लिने,१५८ साँसदले मत दिंदै


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिनुहुने भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । 

प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका उहाँले यो कार्यकालको १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।  

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले लगायत दलसँग नयाँ समीकरण गर्नुभएको छ । त्यसपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १०,नागरिक उन्मुक्तिको ४,प्रभु साहको आजपा १ र स्वतन्त्र २ जना गरी १५८ जना साँसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिंदैछन् । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४,  नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक/एक सांसद गरी ११३ साँसद छन् ।