अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेससँग माओवादीको गठबन्धनमा गोत्र मिलेन: सांसद यादव

कांग्रेससँग माओवादीको गठबन्धनमा गोत्र मिलेन: सांसद यादव

अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो


काठमाडौं-नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्र राय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनु भएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले काँग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताउनु भयो । उहाँले काँग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताउनुभयो । उहाँले नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताउनु भयो।

उहाँले अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘त्यतिबेला गठबन्धन बन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो ? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ। माओवादीलाई धोका भएको छ। वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी र नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो। उहाँहरुको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन। विगतको गठबन्धन भनेको अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो। जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ। नेपाली काँग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन । मिलेको पनि थिएन । अहिले गोत्र मिलेको छ । यो प्राकृतिक गोत्र हो । यसले मुलुकलाई हित गर्छ ।’