अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छः सांसद यादव

सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छः सांसद यादव


काठमाडौँ-जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गर्नुभयो।

सांसद यादवले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसदको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औंल्याउनुभयो। अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उहाँले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गर्नुभयो।

'सहयात्री फेरिएको छ। तर, प्रधानमन्त्री विश्वासको मत पाइरहनुभएको छ। यो बढो रोचक भइरहेको छ। अहिलेको परिस्थिति र जनताको आकांक्षालाई केन्द्रमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु', सांसद यादवले भन्नुभयो।

सांसद यादवले पार्टीकातर्फबाट विश्वासको मतमा समर्थन जनाउदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो।