अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चैत ६ गते हुने

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चैत ६ गते हुने


काठमाडौं-प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी चैत ६ गते हुने भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिकामा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ।

यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन्।