अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ: देवेन्द्र दाहाल

राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ: देवेन्द्र दाहाल


काठमाडौंराष्ट्रिय सभामा नेकपा (एमाले) का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। बुधबारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो।

उहाँले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ भन्नेकुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बताउनुभयो। उहाँले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले बेरोजगारीकै कारण युवाहरू विदेश पलायन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रसियन सेनामा नेपालीहरू कसरी भर्ती भए । बेरोजगारका कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ। सुरु सुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसका लागि सरकारका जिम्मेवारीहरू के हुन् भन्नेकुरा छ । सधैँभरी राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ, कस्ता कामहरू गर्नसक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’’

संसदीय दलका नेता दाहालले सङ्घीयतासम्बन्धी कानुनहरू कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।