अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५-१५ महिनाको प्रधानमन्त्री बन्ने सहमति भएको छैन: योगेश भट्टराई

१५-१५ महिनाको प्रधानमन्त्री बन्ने सहमति भएको छैन: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले १५-१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पार्नुभएको छ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले साे कुरा बताउनु भएको हो। उहाँले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गर्नुभयो।

 वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ’, उहाँले भन्नुभयो, ‘सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको हो।’

वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने सचिव भट्टराईको दाबी छ।