अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा दुर्घटना: पाँच जनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा दुर्घटना: पाँच जनाको मृत्यु


काठमाडौं-धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। भोजपुरको चुहार जाँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

को. १ ज. २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ। चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन। १४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिनुभयो ।

जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डीएसपी पाठकले बताउनुभयो ।