अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका समस्याको समाधान गर्नु सबै दलहरूको साझा दायित्व हो: ठाकुर गैरे

देशका समस्याको समाधान गर्नु सबै दलहरूको साझा दायित्व हो: ठाकुर गैरे


काठमाडौँ-नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरूको समाधान गर्नु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताउनु भएको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचार सबैको साझा समस्या भएको बताउनु भएको हो।

उहाँले ती समस्याहरूको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताउनु भयो।

‘आज देशमा भएका जति पनि समस्या छन्, ती हाम्रा साझा समस्याहरू हुन्,’ उहाँले भन्नुभयो, ‘अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन्। राम्रो देशका साझा समस्या हुन्। ती समस्याहरूलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरूको, सबै दलहरूको र हामी सबैको साझा दायित्व हो।’

समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी आवश्यक पर्ने भन्दै उहाँले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताउनुभयो। 

sharethis sharing button