काठमाडौँ-नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरूमा रहेको निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउन नहुने बताउनु भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताउनु भएको हो ।
उहाँले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गर्नुभयो।
उहाँले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरू विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताउनुभयो।
उहाँले नेपाल आफैँ विकासोन्मुख देश भएकाले धेरै पूर्वाधारहरू बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताउनुभयो । उहाँले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताउनु भयो।







प्रतिक्रिया