अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्क र विमस्टेकलाई सँगसँगै अघि बढाउन सरकारले पहल गर्नुपर्छ: योगेश भट्टराई

सार्क र विमस्टेकलाई सँगसँगै अघि बढाउन सरकारले पहल गर्नुपर्छ: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमाले सांसद योगेश भट्टराईले सार्क र विमस्टेकलाई सँगसँगै अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताउनु भएको छ।

सोमबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद भट्टराईले सार्क र विमस्टेक एक अर्कामा निषेध गर्ने ढङ्गले आएको भन्दै त्यसो गर्न नहुने बताउनु भएको हो।

भट्टराईले भन्नुभयो, ‘सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो ढङ्गले आएको छ। यसमा हामी जोगिनुपर्दछ। भूराजनीतिक जटिलता, सङ्घर्ष र तनावहरू दक्षिण एसियामा जसरी उत्पन्न भइरहेका छन्। यी तनावहरूबाट मुक्त हुँदै नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आफ्नो संलग्नता देखाएको छ। यसबाट आर्थिक लगायत अन्य प्रगतिमा अघि बढाउनुपर्छ।’