जनकपुरधाम-नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ।
नेकपा एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्दैहुनुहुन्छ। स्रोतका अनुसार उहाँ आजै भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिने तयारीमा छ।
माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार एमालेलाई भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, गृह, संचार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा सांस्कृतिक मन्त्रालय दिने सहमति भएको छ।
कांग्रेसले नेतृत्व गरेका तीनवटा मन्त्रालय र जनमतले नेतृत्व गरेको शिक्षा तथा साँस्कृतिक मन्त्रालय एमालेलाई दिने सहमति भएको उहाँले बताउनु भयो।
वर्तमान सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा एमाले सहभागी हुन लागेकाे हाे। कांग्रेसका मन्त्रीहरूसँग मुख्यमन्त्री यादवले राजीनामा मागे पनि उनीहरूले राजीनामा दिएका छैनन् । अब मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरूलाई पदमुक्त गर्ने भएका हुन्।
प्रतिक्रिया