अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक मनाङेद्वारा शपथ

दीपक मनाङेद्वारा शपथ


पोखरा-राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिनु भएको छ।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराउनु भएको हो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गर्नुभएको हो।

उहाँले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरी स्वतन्त्र हैसिय रहेको दाबी गरेका छन्। यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली भौतिक पूर्वाधार मन्त्री थिए। संघमा गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए।