अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागीबाट पाँच दिनमा पाँच जनाको मृत्यु, १२ जना घाइते 

आगलागीबाट पाँच दिनमा पाँच जनाको मृत्यु, १२ जना घाइते 


काठमाडौँ– देशभर आगलागी र डढेलोका घटना बढेका छन्  । चैतको सुरुवातमै आगलागी र डढेलोका घटना बढेका हुन् । पछिल्लो पाँच दिनमा एक सय २७ स्थानमा आगलागी भएको गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार आगलागीमा परी पाँच दिनमा पाँच जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । भोजपुरमा तीन तथा काठमाडौँ र महोत्तरीमा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । 

यस्तै आगलागीमा ८७ घर जलेका छन् भने आठ घरमा आंशिक क्षति भएको छ । आगलागीबाट दुई सय दुई परिवार प्रभावित भएका छन्  । केन्द्रका अनुसार ४० गोठमा क्षति पुगेको छ भने २३ पशुचौपाया मरेका छन् । आगलागीबाट १२ करोड १० लाखको क्षति भएको प्रारम्भिक आकलन गरिएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार पाँच दिनमा ४८ जिल्लामा आगलागी भएको छ ।